काठमाडौं, ३० भदौ । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई हटाएर सरकारले निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्ती गर्ने अन्तिम तयारी गरिरहेको छ । सरकारको यो कदमलाई जनताले पनि स्वागत गर्ने बुझिएको छ । निरन्तर आर्थिक विवादमा मुछिँदै आएका कंशकारको कार्यसम्पादनलाई लिएर स्वयम् निगमका कर्मचारीहरु समेत रुष्ट थिए ।
शुक्रबार राति सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले खरेललाई निगमको सञ्चालक समितिको सदस्यमा नियुक्त गरिसकेको छ ।
यो सँगै अब खरेल निगमको कार्यकारी अध्यक्ष बन्ने बाटो खुल्ला भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्नेलाई पनि नछोड्ने भनेर सार्वजनिक अभिव्यक्ति दिईरहेकै बेला निगममा खरेललाई महत्वपूर्ण जिम्मेवारी दिन लागेका छन् । खरेलजस्तो निश्कंलक, योग्य र क्षमतावान व्यक्तिलाई यसरी नियुक्ती गरेसँगै प्रधानमन्त्रीले अब ‘राईट म्यान ईन राई प्लेस’ लाई बढि जोड दिने देखिन्छ ।
खरेलजस्तो सक्षम र निगमको हितमा काम गर्ने व्यक्ति कार्यकारी अध्यक्ष बन्दा सिँगो मुलुकको प्रतिष्ठानै माथि उठ्ने निगमका कर्मचारीहरुको पनि विश्वास छ । कंशकारले निरन्तर निगमलाई उँद्योगतितर्फमात्रै डोर्याएका कारण सरकार उनको कार्यसम्पादनप्रति सन्तुष्ट हुन सकिरहेको थिएन् । त्यसैले सरकारले हिजो खरेललाई महत्वपूर्ण जिम्मेवारीमा ल्याउने उद्देश्यले सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको एक मन्त्रीको दाबी छ ।
खरेलले यसअघिपनि निगममा महाप्रबन्धकको रुपमा काम गरिसकेका छन् । उनी महाप्रबन्धक हुँदा निगमको अवस्था निकै सुध्रँदो थियो । उनले दैनिक १८ घण्टासम्म खटेर निगमलाई माथि उकास्ने काम गरेका थिए । अब उनी पूनः नेतृत्वमा आएसँगै निगमले आफ्नो साखः जोगाउने र प्रगतिको दिशा समात्ने आशा जनतामा जागेको छ ।