Logo

सरकार–प्रतिपक्ष झगडा अझै अगाडि बढ्यो, देउवा–ओलीबीच भनाभन



भदौ ३०, काठमाण्डौ । सरकार र प्रतिपक्ष दल विच आरोप प्रत्यारोप जारी छ । पछिल्लो अवस्थामा कग्रेस सभापति देउवाले सरकारका कारण लोकतन्त्रमा चुनौती आएको बताएका छन । यसैगरी प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेलाई प्रतिवाद गर्न कार्यकतालाई निर्देशन दिएका छन ।

सरकार र प्रमुख प्रतिपक्षी दल विच विग्रदो सम्बन्धले राजनीतिक तनाव झनै बढने प्रष्ट देखिएको छ ।

भनिन्छ, बहुदलिय प्रजातन्त्रमा सरकार र प्रमुख प्रतिपक्ष विचको सम्बन्ध नङ र मासुस बरावरको हुन्छ । अझ संसदीय ब्यावस्थामा त सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने प्रचलन छ । र मुलुकको विकास र समृद्धीका लागि यी दुई विचको सम्वन्ध एक सिक्काका दुई पाटा बराबर हुन ।

तर पल्लिो अवस्थामा सत्तापक्ष र प्रतिपक्ष विच एकले अर्कोलाई निषेध गर्ने गरेको आभाष आउन थालेको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक अर्कामा आव्रmामक रुपमा प्रस्तुत हुन थालेपछि जनता भने निरास भएका छन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जनादेश अनुसार शासन सत्ता संचालन गर्न नसकेको भन्दै सरकारको तीव्र आलोचना गरिरहेको छ ।

सरकारलाई रचनात्मक सहयोग पुयाउनु पर्ने भएपनि हरेक मुद्धामा सरकारलाई अप्ठ्यारो पारेर जनता भड्काउने काम गरेको सरकारले काग्रेसलाई आरोप लगाएको छ । कग्रेसको भुमिकाप्रति नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली आक्रोषित छन् । काठमाडौमा आयोजित एक कार्यवmममा प्रधानमन्त्री ओलीले सरकार विरुद्ध बोल्नेलाई प्रतिवाद गर्न कार्यकतालाई निर्देशन दिए ।

प्रतिपक्षी दल नेपाली काँग्रेसले मुलकको पछिल्लो घटनाक्रmमको मुल्याङकन गदै समस्याको समाधान गर्न सरकार गम्भिर नभएको र लोकतन्त्र माथि नै ठुलो चुनौती थपीएको आरोप लगाएको छ । कग्रेस सभापति शेरवहादुर देउवाले सरकार जनताप्रति जवाफदेही तथा गम्भिर नभए कै कारण आपराधिक घटना बढदै गएको आरोप लगाएका छन । उनले सरकारका कार्यशैलीका कारण लोकतन्त्र माथि नै चुनौती थपीएको गम्भिर आरोप लगाए ।

मानव अधिकार तथा प्रेस स्वतन्त्रतामाथि अँकुस लगाउने काम गरेको, मुल्य वृद्धीको भार जनतालाई बोकाएको, हिंसात्मक घटना नियन्त्रण गर्न सरकार उदासीन भएको,अस्वभाविक कर बृद्धी रोक्न नसकेको लगाएतका विषयलाई कग्रेसले मुद्धाको रुपमा उठाउने गरेको छ । कांग्रेसले कतिपय मुद्धाको जवाफ माग गदै संसद पनि अवरोध गर्ने गरेको छ । सरकार र प्रमुख प्रतिपक्षी दल विचको सम्बन्धमा झनै दुरी बढेर गएको छ । यो शुभ संकेत होइन ।



प्रतिक्रिया दिनुहोस्