Logo

नेकपाका नेताहरुको चीन मोह, एकपछि अर्का नेताहरु चीन दौडाहमा



काठमाडौं, १ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु यतिवेला एकपछि अर्को गर्दै चीन भ्रमणको दौडाहमा छन् ।

नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिवेला चीनमै छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठपनि चीनमै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिना अघिमात्रै चीन भ्रमण गरेका थिए ।

ओलीको भ्रमण पछि नेकपाका नेताहरु एकपछि अर्को गर्दै चीन भ्रमणमा निस्किएका छन् । आज संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि चीन जाँदैछन् । उपराष्ट्रपति नन्दबहादुर पुनपनि चीन जाँदैछन् । नेकपाका नेताहरुको चीन भ्रमणको मोहले अहिले नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।



प्रतिक्रिया दिनुहोस्