Logo

बाढीपहिरो पीडितलाई सहयोग



बेँशीशहर । मस्र्याङ्दी गाउँपालिकाका बाढीपहिरो पीडितलाई यहाँका जनप्रतिनिधिले सहयोग गर्ने भएका छन् ।मस्र्याङ्दी गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकमा जनप्रतिनिधिले आधा महिना बराबरको भत्ता पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।

सो रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताएका छन । बाढीपहिरोबाट मस्र्याङ्दी गाउँपालिकाका १९ परिवार विस्थापित भएका छन् ।

यहाँको ५० घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोमा परी चार जनाको मृत्यु भएको थियो । एक जना अझै छन् भने ११ जना घाइते भएका थिए । गाउँपालिका भित्रका विद्यालयमा कार्यरत शिक्षकले पीडितलाई एक दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेका छन् ।

हाल उक्त गाउँपालिकामा सामुदायिक र संस्थागतमा गरी झण्डै ४०० शिक्षक कार्यरत छन् ।



प्रतिक्रिया दिनुहोस्