असोज ३, काठमाण्डौ । निर्मला पन्तको हत्यारा पत्ता लगाउनका लागि सरकारले विभिन्न समिति बनाएर अनुसन्धान गरिरहेको छ । अहिलेसम्म दोषी पत्ता लगाउन सकेको छैन ।
सुरुमा अनुसन्धानमा खटिएका प्रहरीहरु नै शंकाको घेरामा परेका छन् । तर निर्मलाका आमा बाबुले भने निर्मलाकै मामाप्रति आशंका व्यक्त गरेका छन् ।
निर्मला हराएको भोलिपल्ट लाश खोला किनारमा भेटियो । सादा पोशाकमा भएकी महिला प्रहरीले सुरुवाल पखालिन। घटनाको प्रमाण लुकाउने काम भयो ।
घटना भएको बेला घर बाहिर रहेका निर्मलाका बाबु यज्ञले सत्यतथ्य नबुझी शव नबुझने अड्की कसे । उनलाई छोरीको लाशको व्यापार गर्ने भनेर आरोप लाग्यो। तर पनि उनले बुझेनन् । केही सिप नलागेपछि घटना मिलाउन निर्मलाको मामा तीर्थराज भण्डारी आए ।
भण्डारीले आमाबाबुको चाहनाविपरित शव बुझेर अन्तिम संसकार गर्न दबाब दिए ।
भण्डारीले सिडिओ, प्रहरी र केही स्थानीय बीच भएको वार्तामा गएर भने, ‘को हो तिमीहरु मेरो भान्जीको शवको व्यापार गर्ने? म उसको मामा हू ँ। म बूझ्छु लाश । मेरा सोझा दिदी भिनाजुहरुलाई किन उक्साउँछौं ? प्राइम टाइम्स टेलिभिनजसँग कुरा गर्दै निर्मलाका बाबुले भनेका छन् ।
सिडियो, एसपी भएकै ठाउँमै उनले भिनाजुलाई धम्क्याए, ‘तपाईँले मेरो भान्जीको लाश बुझ्नु भएन भने म जेलमा थुन्दिन्छु ।’त्यसपछि साला भिनाजुबीच विवाद भयो । तै पनि, भण्डारी पछि हटेनन् । ‘भिनाजु पागल भएको भन्दै नगरपालिकाको फोहोर बोक्ने ट्याक्टर लिएर लाश बुझ्न अस्पताल पुगे। सालाले छोरीको शव बुझ्न गएको उनलाई थाहा थिएन ।
१४ गते बिहान ६ नबज्दै बिहान यज्ञराज दावावमा शव बुझ्न बाध्य भए । प्रहरीले स्कर्टिङ गरेर महाकाली नदीमा लाश लिएर गयो । यज्ञ जवर्जस्ती छोरीको दाहसंस्कार गर्न बाध्य भए । निर्मलाको शव जलाइयो । निर्मलाको मलामी प्रहरीमात्र थिए ।
अहिले अनुसन्धानको पाटो फराकिलो बन्दै गएको छ । तर आशंका गरिएका मामामाथि अनुसन्धान गरिएको छैन ।