Logo

पाकिस्तानी प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री मोदीलाई चिठी लेखे, होला त वार्ता ?



नयाँ दिल्ली, ४ असोज ।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पुनः शान्ति वार्ता सुरु गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेका छन् । उनले दुवै मुलुकका विदेशमन्त्रीबीचको वार्ताको लागि प्रस्ताव गरेका हुन् ।

आगामी महिना न्युयोर्कमा हुन गइरहेको युनाइटेड जनरल एसेम्ब्ली (यूएलजीए)को बैठकभन्दा अगाडि नै यो बैठकका लागि पाकिस्तानी प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।

खानले भारतीय प्रधानमन्त्रीलाई पठाएको पत्रमा दुई मुलुकको बीचमा फलदायक र रचनात्मक सम्बन्धको संकेत दिइएको छ । इमरान खानले निर्वाचनमा जित हासिल गरेसँगै भारतले सम्बन्ध सुधारको लागि भारतले एक कदम बढाउँदा आफूले २ कदम बढाउने बताएका थिए ।

यसअघि न्युयोर्कमा हुने सो बैठकमा दुई मुलुकका विदेशमन्त्रीहरुको बीचमा वार्ता हुने वा नहुने भन्ने विषयमा अन्योल रहेकोमा पाकिस्तानको तर्फबाट यस किसिमको पहल भएको हो । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्