Logo

ओलीविरुद्ध खरो उत्रिन देउवाले दिए कार्यकर्तालाई यस्तो निर्देशन



काठमाडौं, ८ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता, कार्यकर्तालाई केन्द्रित हुन निर्देशन दिएका छन्।

सभापति देउवाले मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन काँग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको उल्लेख गर्दै राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकूल अघि बढन पनि नेता, कार्यकर्तालाई निर्देशन दिए।

पार्टीको विधान संशोधन प्रारिम्भक मस्यौदामा सुझाव संकलनका लागि सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रलाई सबै खालको अन्यायबाट मुक्त गराउने कामको नेतृत्व लिने बेला पार्टीका नेता, कार्यकर्ताहरुले विगतमा कुरामा अलमलिएर बस्न नहुने बताए। सभापति देउवाले मुलुकका लागि अत्यन्तै राम्रो संविधान बनाउने नेतृत्व लिएको काँग्रेसले पार्टीको विधान पनि अत्यन्तै राम्रो बनाउनुपर्ने आवश्यक्ता औंल्याए।



प्रतिक्रिया दिनुहोस्