असोज ८, काठमाण्डौ । काठमाण्डौमा रहेको तीनकुने चोकलाई काठमाडौं महानगरपालिकाले एउटा धार्मिक एवं आध्यात्मिक पार्कका रुपमा विकास गर्ने घोषणा गरेको वर्षौं भइसक्यो । तर, अहिलेसम्म निर्माणको काम भने अघि बढ्न सकेको छैन् ।
शान्ति मण्डलाको मुख्य आकर्षणका रुपमा बुद्धको मूर्ति हुने र मण्डलाको बीच भागमा मुर्ति राखिने भनिएको थियो । जमिनको सतहदेखि १ सय ८ फिट अग्लो रहने भनिएको मूर्ति हिन्दू तथा धार्मिक पर्यटकका लागि लक्षित हुने बताइएको थियो । महानगरपालिकाले तीनकुनेको संरचना तयार पार्न आर्किटेक्ट डिजाइन एसोसिएट्सलाई सम्भाव्यता अध्ययनको जिम्मेवारी दिएको थियो । डिजाइन अनुसार मण्डलाको बीच भागमा ५४ फिट अग्लो स्तुपा आकारको संरचना निर्माण गरिनेछ । पार्क निर्माण लागि महानगरले योजना अघि सारे पनि जग्गाको विवाद भने अझै मिलेको छैन् । जग्गा विवाद नसुल्झिएसम्म पार्क बनाउन नसकिएको महानगरले जनाएको छ ।
आर्किटेक्ट डिजाइन गरी लागत खर्च सहित महानगरलाई रिपोर्ट बुझाएको पनि दुई बर्ष भन्दा बढी समयसम्म पनि सुन्दर पार्क निर्माण हुन सकेको छैन् । महानगरले सरकार समक्ष जग्गा विवाद सुल्झाउन आग्रह गरेपनि अहिलेसम्म टुङगोमा पुग्न सकेको छैन् ।
महानगरले बनाउन लागेको उतm पार्कमा सर्वसाधरणको जग्गा मिचिएको छ । मुआव्जा नपाएका स्थानीयले सरकारले सम्पति प्रयोग गरेबापत रकम समेत उपलब्ध नगराएको गुनासो गरेका छन् ।
सवा अर्ब रुपैयाँको लागतमा बन्ने स्तुपाभित्र तीनतलाको संरचना निर्माण हुनेछ । बाहिरी भागमा भने दुबो सहितको चौर रहनेछ । स्तुपाभित्रको तल्लो तलामा पार्किङ ,दोस्रो तलामा ध्यान केन्द्र निर्माण र तेस्रो तलामा क्युरेटर सपहरु रहने छन् ।