Logo

कोशी र नारायणीमा पानी जहाज ल्याउने उर्जामन्त्री पुनको दावी



असोज ९,  काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै आर्थिक वर्षभित्रमा कोशी र नारायणी नदीमा जलमार्गको निर्माण कार्यको थालनी गर्ने जानकारी दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री पुनले नेपालको समुन्द्रसँगको सहज सम्पर्क स्थापना गर्न सरकारले कोशी र नारायणी नदीमा जलमार्गको निर्माण कार्यको थालनी गर्ने बताएका हुन् । कोशी, गण्डकी, नारायणी र कर्णालीमा जलमार्ग निर्माणको पर्याप्त सम्भावना रहेको भन्दै यसमा अध्ययन जारी रहेको उनको भनाई छ ।

उनले आगामी तीन वर्षमा सबै नेपालीको घरघरमा बिजुली बत्ती पु¥याइसक्ने भन्दै हाल सरकारले भारतबाट प्रतिवर्ष रु १७ अर्बको बिजुली खरीद गर्दै आएको जानकारी दिए । उनले सिक्टा सिचाई आयोजनामा बारेमा बाहिर आएका समस्याका बारेमा मन्त्रालयले अध्ययन भईरहेको जानकारी दिए । राष्ट्रिय गौरवको सिक्टा आयोजनाको मुल नहर परीक्षणको क्रममै पटक–पटक भत्किएपछि डिजाईन मै कैफियत रहेको समाचार आएपछि अध्ययन सुरु गरिएको उनको भनाई छ ।

बैठकमा समितिका सदस्यहरुले बूढीगण्डकी र पश्चिम सेती जलविद्युत् आयोजना छिट्टै सञ्चालनमा ल्याउनुपर्ने, ‘तराईका अधिकांश जिल्लामा जडान गरिएका ‘डिप–बोरिङ’ सञ्चालनमा नआएकाले अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्