Logo

कंशकारले ६ महिनासम्म गर्न नसकेको काम खरेलले एक हप्तामै गरे



काठमाडौं, ९ असोज । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमका महाप्रबन्धक सुगतरत्न कंशकारले ६ महिनासम्म गर्न नसकेको काम एक सातामै गरेर देखाईदिएका छन् ।

नेपाल एयरलाइन्सले दुर्गम क्षेत्रमा उडाउने भन्दै ल्याएको जहाज छ महिनापछि परीक्षण भएको छ। वैशाख ५ गते चिनियाँ पक्षले काठमाडौंमा विशेष कार्यक्रम गरेर हस्तान्तराण भएका दुईवटा वाइ १२ सिरिजका जहाज ६ महिनादेखि विमानस्थलमै थन्किएर बसेका छन्।

नाइन एन एकेएस नेपाली दर्ता नम्बर भएको जहाजको हिजो (सोमबार) परीक्षण उडान गरिएको छ। एयरलाइन्सका पाइलट इन्जिनियरसहित १० जनाको टोलीलाई लिएर काठमाडौंबाट लुक्लाका लागि उडेको जहाज मौसमी खराबीले अवतरण गर्न नसकेर रामेछाप अवतरण गरेको थियो।

कूल ४ वटा यो सिरिजका जहाज भएपछि एउटामात्र जहाज उडिरहेको छ। परीक्षण उडानपछि देशका दुर्गम क्षेत्रमा यी जहाजबाट उडान सुचारु गरिने नेपाल एयरलाइन्सले जनाएको छ ।  गएको हप्तामात्र कार्यकारी अध्यक्ष भएका खरेलले सबै जहाज उडाएर सेवा विस्तार गर्ने योजना अघि सारेका छन्।



प्रतिक्रिया दिनुहोस्