काठमाडौ ११ं असोज । चिकित्सा शास्त्र अध्ययन सस्थान आइओएमका डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक पास नभए सोह्रौँ अनशन थाल्ने चेतावनी दिएका छन् । संसदको यही अधिवेशनबाट चिकित्सा शिक्षा ऐन निर्माण गर्ने र सबै सम्झौता कार्यन्वयन नभए सोह्रौँ अनशन थाल्ने चेतावनी दिएका हुन ।
बुधबार साँझ विज्ञप्ति जारी गर्दै केसीले नागरिकका हैसियतमा सुशासनका लागि कुशासन गर्नेहरुलार्इ जवाफदेही बनाउने लगायतका माग राखी अनसन सुरु गर्न बताएका छन् । स्वास्थ्य तथा शिक्षा सम्बन्धी संसदीय समितिमा विचाराधीन चिकित्सा शिक्षा विधेयक संसदको अधिवेशनबाट पारित नहुने भन्ने समितिका अध्यक्षको सार्वजनिक अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
संसदबाट समितिमा र समितिबाट पुन: उपसमितिमा पठाएर यतिका दिनसम्म ऐनबारे गम्भीर छलफल नहुनुले आशंका उब्जाएको विज्ञप्तिमा भनिएको छ । समाजवाद उन्मुख संविधान, साम्यवादी र समाजवादी पार्टी र सरकारको नेतृत्व बहुमत प्राप्त साम्यवादी पार्टीले गरिरहेको अवस्थामा पनि गाँस, बाँस, कपास, शिक्षा र स्वास्थ्यमा व्यापारीकरण हुनु अत्यन्त खेदपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।नयाँपत्रिकाबाट