Logo

आजबाट टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु, सभामुख महरापनि सवार



काठमाडौं, २२ असोज । सोमबारबाट टरिगाँउ विमानस्थलमा हवाइ सेवा सुरु भएको छ । तत्कालका लागि सातामा दुइपटक उडान भर्ने गरी नेपाल वायु सेवा निगमको जहाजले सोमवारबाट उडान आरम्भ गरेको हो ।

पाईलट उद्धव घिमिरे र कोपाईलट प्रचण्ड खड्काले आज उक्त विमानको उडान भरेका थिए । दशैको मुखमा विमान सेवा सञ्चालन हुँदा स्थानीयवासी निकै खुसी भएका छन् ।

बन्द अवस्थामा रहेको तुलसीपुर विमानस्थल सञ्चालनका लागि पछिल्लो समय उपमहानगरपालिकाले पहलकदमी लिएर विमान सेवा आरम्भ गरेको हो । २०६८ सालपछि विभिन्न विमान कम्पनीहरुले वेला वेलामा सेवा दिएपनि नेपाल वायुसेवा निगमले भने पहिलो पटक सेवा दिन आरम्भ गरेको हो ।

सोमवारको पहिलो उडानमा सभामुख कृष्णवहादुर महरा सहभागी रहेको पाईलट घिमिरेले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्