Logo

‘संघियतालाई सफल कार्यान्वयन गर्नका लागी सबै गम्भीर हुनुपर्ने’



काठमाडौं, ३० असोज ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघियतालाई सफल कार्यान्वयन गर्नका लागी सबै गम्भीर भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

वडा दसैं तथा नेपाल सम्वत् ११३९ को अवसरमा मंगलबार मित्र युवा समूहले काठमाडौमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा नेता सिंहले प्रदेश र स्थानीयतह अहिले अलमलमा देखिएको भन्दै संघियतालाई सफल कार्यान्वयन गर्नका लागी सबै गम्भीर हुनुपर्ने बताउनुभएको हो ।

उहाले केन्द्रिय सरकारले प्रदेश र स्थानीय सरकारलाई काम गर्ने वातावरण निर्माण गरिदिनुपर्नेमा पनि जोड दिनुभयो । नेता सिंहले दुई तिहाई बहुमतको दम्भ देखाउँदै सरकारले मुलुकका प्राथमिक र आफ्नो कर्तव्य भुल्दै गएको आरोप समेत लगाउनुभयो ।

सरकारले मुलुकको शान्ति सुरक्षा कायम गर्न नसकेको र मूल्यवृद्धि नियन्त्रण गर्नसमेत नसकेको उहाको आरोप छ । नेता सिंहले कांग्रेसलाई सशक्त बनाउन युवा पंक्तिलाई परिचालन र सहयोग गर्न आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रममा बिभिन्न क्षेत्रका समाजसेवीहरुलाई सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्