सुरुङ्गा, झापा, ७ कात्तिक (रासस) : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्याय सम्पादनलाई देशभर चुस्तदुरुस्त बनाउन स्थानीय तहको सहयोग आवश्यक हुने बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय झापाले कनकाइ नगरपालिकामा आयोजना गरेको अपराधको स्थिति, कारण र निराकरणमा सरोकारवाला निकायको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणका आधारमा मात्रै न्यायसम्पादन गर्न सुझाव दिनुभयो ।
“भनसुनका आधारमा अब केही हुँदैन,” महान्यायाधिवक्ता खरेलले भन्नुभयो, “तपाईहरु पनि न्यायसम्पादन गर्दा यो दल र त्यो दल नभनी तटस्थ भएर न्यायसम्पादन गर्नुहोस्, यसो गर्दा वास्तविक पीडितले न्याय पाउँछन् र अपराधी उम्कन पाउँदैनन् ।”