Logo

पोखरामा डेङ्गुको संक्रमण, २८ जना प्रभावित



कास्की । पोखरामा डेङ्गु रोगको संक्रमण देखिएको छ । एक महिनामा २८ जनामा डेंगू संक्रमण देखिएसँगै महानगरपालिकाले वडाहरुमा सचेतना अभियान सुरु गरेको छ । गण्डकी प्रदेशको राजधानि पोखरामा डेंगूका बिरामी भेटिएसँगै प्रदेश सरकारले समेत चासो दिएको छ ।

पोखरामा डेंगू संक्रमण देखिएपछि सचेतना अभियान सुरु गरिएको छ । असोज महिनाको पहिलो साता देखि नै पोखरामा डेंगूको संक्रमण देखिएको थियो । रोग विरुद्ध पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले सचेतना अभियान सुरु गरेको हो । पोखरामा एक महिनामा २८ जनामा डेंगू संक्रमण देखिएसँगै महानगरपालिकाले वडाहरुमा सचेतना अभियान सुरु गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ८ मा पहिलो पटक सचेतना जगाउँदै, पानीका भाडा खोज तलास गरी पानी नष्ट गर्ने काम गरिएको हो । महानगरले अन्य वडाहरुमा सचेतना जगाउने बताएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ मा असोजको पहिलो सातामा दुई जनालाई डेंगू संक्रमण लागेको पुष्टि भएको थियो ।

हालसम्म गण्डकी मेडिकल कलेज, चरक मेमोरियल र फेवासिटी हस्पिटलमा उपचार गर्न पुगेका २८ जना बिरामीमा उक्त रोगको संक्रमण भेटिएको हो ।

गण्डकी प्रदेशको राजधानि पोखरामा डेंगूका बिरामी भेटिएसँगै प्रदेश सरकारले समेत चासो दिएको छ । हालसम्म भेटिएका डेंगूका बिरामी मध्य अधिकाशं सामान्य उपचार पछि घर फर्किएका छन् । डेंगू संक्रमणलाई समयमै रोकथाम गर्न नसके बढी रक्तश्राव भएर मानिसको ज्यान समेत जान सक्छ । पोखरामा करिब दुई बर्ष अघि ३ जनामा डेंगू संक्रमण देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्