Logo

स्वरोजगार कोषको चरम लापरबाही, बेरोजगार भन्दै रोजगारलाई पैसा बाँडेको खुलासा



काठमाण्डौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले पहिले नै रोजगार रहेका व्यक्तिलाई स्वरोजगार बनाएको पाईएको छ । राष्ट्रिय सतर्कता केन्द्रले हालै कोषका बारेमा गरेको अध्ययन र अनुसन्धानले पछिल्लो १५ बर्षमा ५५ हजार लाई स्वरोजगार बनाएको दाबी गरेतापनि तिनिहरु पहिलेदेखि नै रोजगारमा रहेको पाईएको हो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले पहिले नै रोजगार रहेका व्यक्तिलाई स्वरोजगार बनाएको पाईएको छ । राष्ट्रिय सतर्कता केन्द्रले हालै कोषका बारेमा गरेको अध्ययन र अनुसन्धानले पछिल्लो १५ बर्षमा ५५ हजार लाई स्वरोजगार बनाएको दाबी गरेतापनि तिनिहरु पहिलेदेखि नै रोजगारमा रहेको पाईएको हो ।

त्यस्तै कोषले सुन व्यवसायी, वस तथा ट्याक्सि व्यवसाय, होलसेल व्यापार आदीमा लगानी गरेको पाईएको सतर्कता केन्द्रका उपसचिव एवं सुचना अधिकृत डालनाथ अर्यालले जानकारी दिए । त्यस्तै कोषले १० प्रतिशत व्याजदर तोकेकोमा कतिपय सहकारीले १३ दशमलव ५ प्रतिशतसम्म व्याज लिने गरेको देखिएको केन्द्रले जनाएको छ । कोषले स्थापनाको उद्धेश्य अनुसारको काम गर्न नसकेको, नियम विपरित पदपूर्ति गरेको निष्कर्ष पनि केन्द्रले निकालेको छ ।

सतर्कता केन्द्रका उपसचिव एवं सुचना अधिकृत डालनाथ अर्याल

त्यस्तै सतर्कता केन्द्रले भूमिसुधार मन्त्रालयको निर्देशन बिपरित बिभिन्न मालपोतबाट कित्ताकाट भईरहेको निष्कर्ष निकालेको छ । केन्द्रका सुचना अधिकृत अर्यालले बिभिन्न मालपोतको अध्ययन गर्दा मन्त्रालयको निर्देशन बिपरित कित्ताकाट भईरहेको, कित्ताकाट गर्दा कुनै एक कित्ताको १४ बटा सम्म हुने गरि एकैपटक कित्ताकाट गरेको पाईएको जानकारी दिए ।

त्यस्तै सतर्कता केन्द्रले चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानमा पनि अध्ययन अनुसन्धान गरेको थियो । सो क्रममा नियमभन्दा बढि समयसम्म कर्मचारी काजमा राखिएको, वीर अस्पतालमा लामोसमयदेखि जिन्सी निरिक्षण नभएको, नियमविपरित कर्मचारी भर्ना गरिएको, खरिद ऐनको प्रतिकुल हुनेगरि खरिद गरेको पाईएको सुचना अधिकृत अर्यालले बताए ।
त्यस्तै केन्द्रले त्रिभुवन विश्वबिद्यालय अन्तर्गतका केन्द्रिय बिभागहरु, त्रिचन्द्र क्याम्पस, अमृत साईन्स क्याम्पस, पुल्चोक क्याम्पसमा अध्ययन अनुसन्धान गर्दा शैक्षिक क्यालेन्डरको पालना नभएको लगाएत व्यवस्थानपन त्रुटी देखिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्