Logo

कर्मचारी धेरै भएपछि नेपाल औषधि लिमिटेडको योजना यसरी तुहियो



कात्तिक १४, काठमाण्डौ । नेपाल औषधी लिमिटेडले अझै पनि प्रभावकारी रुपमा औषधि उत्पादन गर्न सकेको छैन । उद्योग मन्त्रालयले लिमिटेडलाई सफल संस्थानको रुपमा विकास गर्ने लक्ष्य लिए पनि सफल नभएको हो । अहिले लिमिटेडको आम्दानी कर्मचारीको तलब भत्तामै सकिने अवस्था छ ।

विगतमा उध्योग मन्त्री बनेका सोम प्रसाद पाण्डे, महेश महेश बस्नेत, कर्ण बहादुर थापा र नविन्द्रराज जोशीले नेपाल औषधि लिमिटेडलाइ बिउताएर उत्पादन थाल्ने प्रयास गरेका थिए । तर सफल हुन सकेन्न ।

जोशीले त मृतजस्तै बनेको औषधि लिमिटेडलाई पुनर्जिवन दिने घोषणा गरेका थिए । पहिलो पाइला स्वरुप जोशीले नेपाल औषधि लिमिटेडबाट औषधि उत्पादन गर्ने प्रयास गरे ।

जोशीकै पहलमा २०७४ साल बैशाक २४ गते औषधि उत्पादन सुरु गरेका थिए । उत्पादनकै क्रममा अहिले नेपाल औषधि लिमिटेडले सिमाटोल, गिल्स्रिन र जिवनजल उत्पादन गरिरहेको छ । लिमिटेमा अहिले चाहिनेभन्दा बढी कर्मचारी हुँदा व्ययभार बढेकाले उत्पादनमा असर परेको छ । नेपाल औष्धि लिमिटेडका प्रमुख रोबट कुसुम सुबेदिका अनुसार चाहिने भन्दा बढी जनसक्ति हुँदा खर्च बढेको छ ।

नेपाल औषधि लिमिटेडमा विगतमा ६०० को हाराहारीमा कर्मचारीहरु थिए । तर अहिले एक सय जना मात्रै कर्मचारी छन् । यही सय जनाको तलब भत्ताले पनि लिमिटेडलाई आर्थिक रुपमा कमजोर बनाएको सुवेदी बताउँछन् । यद्यपी अहिलेको उत्पादन क्षमताअनुसार नै भएको सुवेदीको दावी छ ।

लिमिटेडले आथिक बर्ष २०३३ –३४ देखि आथिक बर्ष २०५६–५७ सम्म आर्थिक मुनाफा सहित गुणात्मक बृद्धि गरेको थियो । निकै आशा गरिएको र आर्थिक विकासमा महत्वपुर्ण मानिएको औषधि लिमिटेड आम्दानि भन्दा खर्च बढि गरेर संचालनमा सफल होला त ?



प्रतिक्रिया दिनुहोस्