कात्तिक १७, काठमाण्डौ । नेपालमा चाडपर्वकै अभिन्न अङग जस्तै बनेको छ ‘गीत संगीत’ । आफ्नै भाषा, आफ्नै मौलिकता र आफ्नै लवजमा विभिन्न चाडपर्वमा गुन्जीन थालेका छन् गित संगीत । वडा दसैलाई विदाई गरे पनि महानपर्व दिपावली आईरहेका छन् । दशै र दिपावलीलाई लक्षित गरी विभिन्न खालका गीतसंगीत बजारमा आईरहेका छन् ।
हामी तेसै आएनौ बली राजाले पठाको हो औशी बारो गाई तिहारो भौलो’.भन्दै गाउने भौलो गीत सबै नेपाली जनमानसको जीब्रो जीब्रोमा झुन्डीएको छ । यस्तै खालका गीत संगितहरु गाउदै र रमाउदै गर्दा साच्चिकै भगवानसंगै रमाईरहेको भान हुन्छ । यस्तै खालका लोकप्रिय गीतसंगीतहरु लिएर के वृदा, के जवान सबै जना मिलेर स्वरमा स्वर र लयमा लय मिलाई गाउने गर्दछन् ।
आफ्नै मौलिकतामा ढालेर गाउने गीत संगीत पछिल्लो समयमा पनि युवा पुस्ताहरुले निकै रुचिका साथमा गाउने गरेको पाईन्छ । विभिन्न खालका अधिकारका कुरा गर्दा नेपाली गितसंगीत र चाडपर्वले सिङगो नेपालीहरुलाई एक ठाउमा उभ्याएका छन् ।
एक आपसमा भाईचाराको सम्बन्ध गास्दै तालमा ताल मिलाउदै अघि बढ्न पनि पछि पर्दैनन् नेपाली समुदायहरु । दशै, दिपावली जस्ता चाडपर्वमा अहिले विभिन्न युवापुस्ताले आफ्नो ठाउ विशेषका भाकाहरुलाई दशै,तिहारका पर्व संग मिल्ने गरी गाउने र नाच्ने गर्दछन् ।
भौलेनि आयो आगना गुन्यु चोली मागना भन्दै गाउने तिहारको गित संगै अहिले बजारमा आफ्नो संकार र संस्कृतिलाई मधयनजर गर्दै कलाकारहरुले पनि चाडपर्वलाई जीवीत बनाई राख्नको लागी दशै तथा तिहारसंग सम्बन्धीत गीत संगीत आइरहेका छन् ।
हुनत चाडपर्वको बेला लाई मध्यनजर गर्दै कतीपय कलाकारहरुले विकृती भित्रयाउन लागेको आरोप भने नलागेको होईनन् । तर स्थापित कलाकारहरु सुगम पोखरेल, अन्जु पन्त लगाएतका कलाकारहरुले भने सदाबहार दर्शक स्रोताको मन मनमा बस्न सक्ने तिहार, दशै लगाएतका गीत संगित बजारमा ल्याएका छन् ।
तर पछिल्लो समयमा संस्कार र सस्कृतिको रुपमा गीत संगीतले विकृति भित्र्उदै गरेको भन्ने जनमासको आरोप छ । तर जे जस्तै भएपनि आफ्नो चाडपर्वको संर्वद्धन,संरक्षण गर्न सम्बन्धीत निकायको पनि ध्यान जान जरुरी छ ।