Logo

४५ थरीका विष्फोटक पद्धार्थ बरामद



ललितपुर । ठूलो परिमाणमा बिष्फोटक पदार्थसहित वीरगञ्जका दिपक साह सोनार पक्राऊ परेका छन् । उनलाई आइतबार साँझ सातदोबाटोस्थित साइकल गोदामबाट पक्राऊ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रले बताए ।

विक्री वितरणका लागि ल्याइएको ४५ थरीका बिष्फोटक पदार्थमा फ्ल्वोर पट्स बिग, ग्राउण्ड चक्कर बिग, ओलम्पिक टर्चेसलगायत छन् । दिपावलीको समय पारेर लाखौं मूल्यमा विक्री वितरणका लागि लुकाइछिपाई बि एण्ड साइकल मर्मत केन्द्रको गोदाममा राखिएको बिष्फोटक पदार्थ बरामद गरिएपछि प्रहरीले सम्भावित गोदामहरुमा निगरानी बढाएको मिश्रले जानकारी दिए ।

मुलुकी अपराध ऐन २०७४ को परिच्छेद ७ बमोजिम बिष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत दफा १३९ बिष्फोटक पदार्थ कारोबार गर्न नहुने उल्लेख भएपनि तिहारको मौका पारेर अवैध रुपमा आतसबाजी र बिष्फोटक पदार्थ ल्याउने गिरोह सक्रिय हुँदै आएको छ । त्यस्ता समूहले काठमाडौंलगायत देशका मुख्य शहरहरुमा अवैध पटाका तथा आतसबाजी भित्राउने गर्छन् ।

यसैगरी, ललितपुर प्रहरी वृत्तले अवैध लागूऔषध सहित एक व्यक्ति पक्राऊ गरेको छ । १५ कात्तिकमा सप्तरीबाट काठमाडौं आएका गाडी चालक भुपेन्द्रप्रसाद यादव अवैध लागूऔषधसहित पक्राऊ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्