Logo

मिडियाका कारण कांग्रेस कमजोर भयो : डा. कोइराला



कात्तिक २५, काठमाण्डौ । नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसभित्रको विवाद सामान्य भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कोइरालाले महासमितिको बैठकले विधान संशोधन गरेर समयमै महाधिवेशन गर्ने लक्ष्य रहेको बताए ।

महाधिवेशनको तयारीका लागि महासमिति बैठक ढिला गर्न नहुने कोइरालाले बताए । विजय कुमार गच्छादारलाई उपसभापति बनाएको विषयमा आफूलाई कुनै आपत्ति नभएको बताए ।

“एक वर्षअघि नै गच्छादारलाई उपसभापति बनाउने सहमति भएको थियो । त्यसैले यस विषयमा विवाद गर्न जरुरी छैन । यो राजनीतिक निर्णय हो । एक वर्ष पहिले नै गर्नुपथ्र्यो । ढिलै भए पनि ठिकै छ ।” कोइरालाले भने ।

पार्टीभित्र गुट उपगुट रहेको स्विकार गर्दै कोइरालाले कतिपय कुरा मिडियाका कारण पनि कांग्रेस कमजोर भएको आरोप लगाए । उनले कांग्रेसको विधानबारे मिडियालाई छलफल चलाउन आग्रह पनि गरे ।

अहिलेको सरकारले देशमा सुशासन कायम राख्न नसकेको आरोप लगाए । विकास समृद्धिको यात्रा विस्तारै अगाडि बढ्न सक्ने भएकाले अपेक्षा गर्नुपर्ने भन्दै उनले सुशासन कायम राख्न भने सरकार असफल भएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्