Logo

प्रथम विश्वयुद्ध सकिएको १ सय वर्ष पूरा : युद्धमा केके भएको थियो



कात्तिक २६, काठमाण्डौ । १९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्य पूर्व (आंशिक रुपमा चीन र प्रशान्त द्विप समुह)मा चलेको लडाईं नै प्रथम विश्वयुद्ध हो ।

किन भयो युद्ध ?
औद्योगिक क्रांतिको कारण संसारका सबै ठूला देशहरुले आफ्नो उद्योगको निम्ति काँचो माल प्राप्त गर्नका साथै आफ्ना देशमा मेसिनद्वारा उत्पादित सामानहरु बेच्नको निम्ति संसारका कमजोर देशहरुलाई उपनिवेश बनाउन चाहन्थे । यो उद्देश्य प्राप्तिको निम्ति सैनिक शक्तिमा वृद्धि गराउनुका साथै कूटनैतिक संधिहरु पनि गरे ।

यो होडबाजीमा राष्ट्रहरुमा अविश्वास र वैमनस्यता बढ्यो र युद्ध गर्नु अनिवार्य भयो । अस्ट्रियाको सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या यस युद्धको तात्कालिक कारण थियो । यो घटना २८ जून, १९१४मा सेराजेवोमा भएको थियो्र एक महिनापछि अ‘ास्ट्रियाले सर्बियाको विरुद्धको युद्ध घोषणा गर्यो ।

रूस, फ्रान्स र ब्रिटेनले सर्बियालाई सहायता गरे र जर्मनीले आस्ट्रियालाई । अगस्तमा जापान, ब्रिटेन आदिको तर्फबाट, अनि केही समयपछि टर्की, जर्मनीको तर्फबाट, युद्धमा सामेल भए ।

जर्मनी र आस्ट्रियाको अनुरोधमा ११ नोभेम्बर १९१८मा युद्धको समाप्ती भयो । अर्थात प्रथम विश्वयुद्ध सकिएको १ सय वर्ष पुगेको छ ।

के भयो युद्धमा ?

करोडौं मानिसको ज्यान लिएको र थप करोडौंलाई घाइते, विधवा र टुहुरो बनाएको प्रथम विश्वयुद्ध कति भयावह थियो भन्ने हताहतीको उल्लेखित तथ्यांकहरुले नै देखाउँछ ।

तथ्याङ्कहरुको अभावले गर्दा सय वर्षअघि ५२ महिना चलेको उक्त युद्धको वास्तविक तथ्याङ्क थाहा पाउन त गाह्रो पर्छ । यही कारणले इतिहासकारहरुले यस युद्धको मृत्यु र अन्य क्षतिबारेमा अलग अलग तथ्यांक दिने गर्छन् ।

समाचार संस्था एएफपीले सबैभन्दा सर्व–स्वीकार्य तथ्यांकहरु यहाँ प्रस्तुत गरेको छ । मुख्य अन्तर भएको ठाँउमा अनुमानित संख्या दिइएको छ ।

७० देशको संग्लग्नता
यो संख्यामा पनि प्रश्न उठाउन सकिन्छ । आजका लगभग ७० देशहरु यस द्वन्द्वमा सहभागी भए । तर उनीहरु मध्ये अधिकांश तत्कालिन समयका ६ वटा साम्राज्यवादी शक्तिहरुको अधिनमा थिए ।

त्यो बेलाका विश्वशक्ति राष्ट्रहरु अष्ट्रिया–हंगेरी, ब्रिटेन, फ्रान्स, जर्मनी, रसिया र अटोमन साम्राज्य थिए । उनीहरुले विश्वका अधिकांश भागलाई नियन्त्रण लिएका थिए ।

शुरुमा लगभग दर्जन वटा राष्ट्रहरु मात्रै युद्धमा गएका थिए, बाँकी पछि मात्र सहभागि भएका हुन् । इटाली सन् १९१५ र अमेरिका सन् २०१७ मा युद्धमा प्रवेश गरे ।

तत्कालिन समयमा युद्धरत सम्पूर्ण देशहरुको कुल जनसंख्या ८० करोड थियो । यो भनेको त्यो बेलाको विश्वको कूल जनसंख्याको आधा हो ।

द्वन्द्व अवधिभरी जम्माजम्मी २० वटा देश मात्र तटस्थ रहन सके । तीमध्ये अधिकांश राष्ट्रहरु ल्याटिन अमेरिका र उत्तरी युरोपका थिए ।

७ करोड सेना लडेको युद्ध
लगभग २ करोड मानिसहरु युद्धरत पक्षहरुले परिचालन गरेका थिए । युद्ध लम्बिदै र फैलिँदै जाँदा यो संख्या बढेर ७ करोड पुगेको थियो ।

सेना पठाउने प्रमुख देशहरुमा फ्रान्सले ८० लाख, जर्मनले १.३ करोड, अष्ट्रिया–हंगेरीले ९० लाख र इटालीले ६० लाख सेना खटाएको थियो ।

ब्रिटेनले ९० लाख सेना पठाएको थियो । ब्रिटेनले आफ्नो साम्राज्यभरीबाट सेना परिचालन गरेको थियो जसमध्ये अधिकांश भारतबाट थिए । त्यस्तै गरि अमेरिकाले ४० लाख सेना युद्धमा परिचालन गरेको थियो ।

१ करोड सेनाको मृत्यु
पहिलो विश्वयुद्धमा मारिएका १ करोडमध्ये सबैभन्दा धेरै जर्मनी र रुसका सेना थिए । त्यसमा दोब्बर घाइते भएको विश्वास गरिन्छ ।

देश अनुसार मर्नेहरुको संख्या यस प्रकार रहेको छ
रुस : २० लाख मृत्यु, ५० लाख घाइते
जर्मनी : २० लाख मृत्यु, ४२ लाख घाइते
फ्रान्स : १४ लाख मृत्यु, ४२ लाख घाइते
अष्ट्रिया–हंगेरी : १४ लाख मृत्यु, ३६ लाख घाइते
ब्रिटेन र ब्रिटिस साम्राज्य : ९.६ लाख, २० घाइते
इटाली : ६ लाख मृत्यु र १० लाख घाइते
अटोमन साम्राज्य : ८ लाख मृत्यु
अमेरिका : १.१७ लाख मृत्यु

सेनाको आकारको हिसाबले सबैभन्दा ठूलो क्षति सर्वियाले भोग्यो । उसको सेनाको चार भागको तीन भाग त समुल नष्ट भएको थियो ।

युद्धका सुरुवाती हप्तामा सबैभन्दा ठूलो हताहति भयो । उदाहरणको लागि २७ हजार फ्रेन्स सेना १९१४ अगष्ट २२ को एकै दिन मारिएका थिए । फ्रान्सको इतिहासमा यो उसको सेनाले भोगेको सबैभन्दा ठूलो क्षति हो ।

संघर्षमा गोली बारुद्धले सबैभन्दा धेरै मारिएका थिए । कुल हताहतीमध्य ७०५ को ज्यान हतिहारको कारण गएको थियो । ५० लाख देखि ६० लाख त काटिएका थिए ।

प्रथम विश्वयुद्ध मानव इतिहासमा पहिलो पटक ठूलो स्तरमा रसायनिक हतियार प्रयोग भएको द्वन्द्व थियो । सन् १९१५ मा बेल्जियमको यपर्समा जर्मन सेनाले क्लोरिन ग्यास प्रयोग ग¥यो ।

युद्धभरीमा २० हजारको ज्यान विशालु ग्यासकै कारण गएको थियो ।

नागरिकहरुको विशाल हताहति संख्या
युद्ध र यसको प्रभावबाट ५० देखि १ करोड सर्वसाधरणहरुको ज्यान गएको अनुमान गरिन्छ ।

यो संख्यामा सामान्यतया मुख्य युद्धमा मारिएको जनसंख्याको अतिरिक्त जनसंख्याको जबरजस्ती विस्थापन, भोकमरी र युद्धको अन्त्यतिर रुस, पूर्वी युरोप र टर्कीमा देखिएको गृहयुद्धमा भएको हताहति पनि जोडिन्छ ।

केही इतिहासकारहरुले यो संख्यामा जोड्ने १२ देखि १५ लाख आर्मे्नियालीहरुको संख्यालाई टर्कीले विरोध गर्ने गर्छ ।

त्यसबाहेक युद्धको अन्त्यतिर शुरु भएको स्पेनिस फ्लुले थप करोडौंको ज्यान लियो ।

अन्य संख्या
–युद्धमा ६० लाख युद्धबन्दी बनेका थिए ।

–सन् १९१५ सम्म २ करोड नागरिकहरु जर्मनी, अष्ट्रिया–हंगेरी र बुल्गेरियाले कब्जा गरेको क्षेत्रमा बसोबास गरिरहेका थिए । तीमध्ये अधिकांश भाग बेल्जियम, फ्रान्स, पोल्याण्ड र सर्वियाका थिए ।

–युद्धले युरोपभरी १ करोड मनिसहरुलाई शरणार्थी बनायो ।

–युद्धले ३० लाखलाई विधवा र ६० लाख बालबालिकाहरुलाई टुहुरो बनायो ।

–युद्धमा १.३ अर्ब बम सेल प्रयोग गरिएको थियो ।

–युद्धमैदानमा रहेका सेनाहरुबीच र तीनका घरपरिवारबीच १० अर्ब चिठ्ठी र सामाग्रीहरुको आदानप्रदान भएको थियो ।

–युद्धमा संलग्न मुख्य पक्षहरुमाथि युद्धले युरोपेली खेलाडिहरुको कुल ग्राहस्थ उत्पादनको कुल योगको पनि ३ अथवा ४ पटक बढी मूल्यभार पारेको बताइन्छ ।

युद्धमा नेपाल
पहिलो विश्वयुद्धमा नेपाल दुई ढंगले जोडिन्छ । एउटा ब्रिटिस गोर्खा सैनिकका माध्यमबाट अर्को नेपाली राज्यकै संलग्नताबाट । यसोत सन् २०१५ को अप्रिल २४ मा बेलायती सेनामा नेपालीलाई भर्ना लिइएको दुई सय वर्ष पुगेको थियो । यसको अर्थ प्रथम विश्वयुद्ध हुनुभन्दा करिब एक सय वर्षअघिदेखि नै बेलायती सेनामा नेपाली थिए ।



प्रतिक्रिया दिनुहोस्