Logo

निमोनिया दिवस औपचारिकतामै सिमित, वार्षिक ६ हजार नेपाली बालबालिका मर्छन्



काठमाण्डौ । विश्व निमोनिया दिवस सोमबार ‘निमोनियालाई रोकौं’ भन्ने नाराका साथ नेपालमा पनि मनाइएको छ । हरेक वर्ष दिवस मनाइए पनि निमोनियाका कारण बालबालिकाले ज्यान गुमाउँदै आएका छन् । प्रत्येक वर्ष निमोनियाका कारण पाँच वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु हुने गरेको छ भने नेपालमा मात्रै ५ हजारभन्दा बढी बालबालिकाको मृत्यु हुने गरेको छ ।

नेपालमा निमोनियावाट बर्षेनी ५ हजार ६ सय जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर हरेक बर्ष ५ वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ । ५ वर्षमुनिका बालबालिका र ६० वर्ष काटेका बुढाबुढीलाई सामान्य रुघाखोकी लागेपछि निमोनियाको जोखिम धेरै हुने गर्दछ । चिकित्सकका अनुसार सामान्य चिसो वा रुघाखोकी लाग्दा पनि निमोनियाको संक्रमण चाँडै हुन सक्छ ।

स्वभावैले उमेर ढल्कँदै जाँदा रोगप्रतिरोधी क्षमतामा पनि कमी हँुदै जान्छ र निमोनिया संक्रमण चाँडै हुन्छ । दीर्घरोगीहरूमा पनि उस्तै निमोनियाको अर्को उच्च जोखिम समूह भनेको दीर्घरोग भएका र अंग प्रत्यारोपण गरेका व्यक्ति हुने गरेका छन । खासगरी लामो समयदेखि औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण भएका बिरामी, दीर्घरोग, फोक्सो, मुटुसम्बन्धी रोग भएका बिरामीलाई चाँडो निमोनियाले सताउने गरेको छ ।

नेपालमा बर्षैनि निमेनियाको कारण मृत्युहुनेको सङख्या बृदिहुने हुदा यदि निमोनिया भइहालेको खण्डमा निमोनियाको औषधि चिकित्सकले दिएको समय अवधिभर नछोडी सेवन गर्नाले निमोनियाबाट जोगिन सकिने छ । निमोनियाको संक्रमण रोक्नका लागि हरेक वर्ष दिवस मनाइए पनि त्यसको ठोस प्रभाव भने परेको देखिदैन । यस वर्ष ‘निमोनियालाई रोकौं’ भन्ने नारासहित निमोनिया दिवस मनाइएको हो ।

बालबालिकामा लाग्ने विभिन्न रोगहरूमध्ये पहिलो नम्बरमा निमोनिया रहेको छ । बाल चिकित्सकहरूको भनाइअनुसार पनि नेपालमा बालबालिका मुत्यु गराउने प्रमुख रोग निमोनिया नै हो । यो समस्या बढी मात्रामा ५ वर्षमुनिका बालबालीमा बढी देखिन्छ । निमोनिया हुने बालाबालिकाको सङ्ख्या हेर्ने हो भने अन्य रोगभन्दा दोब्बर नै रहेको छ । बालबालिकामा लाग्ने १० रोगमध्ये सबैभन्दा धेरै लाग्ने रोग निमोनिया हो ।



प्रतिक्रिया दिनुहोस्