Logo

‘एकै स्थानबाट पूजाआज गर्ने संस्कार’



हेटौँडा, २७ कात्तिक : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले छठ पर्वले विभिन्न जाति, समुदायको संस्कृति वेशभूषा, कलाको संवद्र्धन गर्दै धार्मिक सद्भावसहित एकै स्थानबाट पूजाआजा गर्ने संस्कार विकास भएकोमा प्रसन्नता व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेले हिमाल, पहाड र तराईका विभिन्न समुदायबीच धार्मिक सहिष्णुता जोड्ने छठ तराईवासीको मात्र नभई पहाड हिमालमा बस्ने विभिन्न जातिको पनि साझा चाड बन्न पुगेको छ भन्नुभयो ।

उहाँले स्थानीय निकायले छठ पर्वलाई सबैको साझा चाडका रुपमा मनाउने क्रममा आगामी आवदेखि अनुदान उपलब्ध गराउन प्रदेश सरकारले पहल गर्ने जानकारी दिनुभयो ।

सो अवसरमा ३ नं प्रदेशसभा सदस्य मुनु सिग्देलले मौजुदा संविधानमा धर्म निरपेक्षता उल्लेख गरिएको भए तापनि हिन्दू, मुसलमान, जनजाति र दलितलाई छठ पर्वमा एकै साथ बसेर पूजाआजा गर्ने प्रचलनलाई प्रोत्साहित गरेको बताउनुभयो ।

हेटौँडा वन विज्ञान क्याम्पसका प्रमुख कृष्णप्रसाद दाहाल, समाजसेवी पुरनबहादुर जोशी र हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सबिन न्यौपानेले सबै धर्म, जातजातिलाई एकै ठाउँमा भावनात्मक रुपमा भेटघाट गर्ने पर्व छठ भएको बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्