Logo

काठमाण्डौमा नक्कली उद्योग, विदेशी ब्रान्डको नाममा नक्कली सामग्री



कात्तिक २८, काठमाण्डौ । राजधानीमा नै विदेशी ब्रान्डको नाममा नक्कली सामग्री उत्पादन गरेर उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ ।

बहुराष्ट्रिय कम्पनीका ’हेड एन्ड सोल्जर’ लगायतका सामग्री उत्पादन गर्दै आएको एक नक्कली कम्पनीमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलवार छापा मारेपछि यस्तो तथ्य खुलेको हो ।

बजारमा कम गुणस्तरको सामान छ्यापछ्याप्ती भइरहेको गुनासो बढिरहेका बेला नेपाल प्रहरीले बहुराष्ट्रिय कम्पनीको नक्कल गरि गुणस्तरहिन सामाग्री निर्माण गर्ने कारखानामा छापा मारेको छ । बहुराष्ट्रिय कम्पनी प्रोक्टर एण्ड ग्याम्बलको उत्पादन ‘हेड एन्ड सोल्जर’ लगायतका सामग्री उत्पादन गर्ने काठमाडौको नैकापस्थीत नक्कली कम्पनीमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे चन्द्रागिरी नगरपालिका–१५ नैकापको एक घरमा नक्कली स्याम्पु र बीएमसी मसला उत्पादन गरिरहेको अवस्थामा छापा मारेको जनाएको छ । उक्त ठाउँबाट नक्कली सामान उत्पादन गर्ने दुई जनालाई पक्राउ गरेको र तीन थान मेशिन बरामद गरेको परिसरका प्रमुख एसएसपी वसन्त कुमार लामाले जानकारी दिए ।

पक्राउ परेका बासुप्रसाद बिडारी र ज्योती बिडारीले ज्योति सोप एण्ड केमिकलको नाममा कम्पनी दर्ता गरी विभिन्न ब्राण्डका नक्कली सामाग्री उत्पादन गर्दै आएको पाइएको छ । एसएसपी लामाले नक्कली स्याम्पु तथा मसला उत्पादनका लागि मात्रै एक करोड रुपैयाँभन्दा धेरै खर्च गरेर कारखाना खोलेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

पक्राउ परेका दुवैले आफ्नै घरको तल्लो तल्लामा डेढ वर्षदेखि नक्कली स्याम्पु र मसला व्यवस्थित रुपमा उत्पादन गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु श्रीमान् श्रीमती हुन् । उनीहरुले आफ्नो घरमा विदेशी ब्रान्डका बस्तु उत्पादन गर्दै आएका थिए ।

प्रहरीले ती सामाग्री उपत्पादन गर्न प्रयोग हुने गरेको एक करोड रुपैयाँभन्दा बढी मूल्यको मेसिन तथा उपकरण पनि बरामद गरेको छ । त्यस्तै ५० लाख भन्दा बढीको तयारी सामाग्री पनि बरामद गरेको छ । यसरी उत्पादन गरेको बस्तु उनीहरुले राजधानी बाहिरका विभिन्न गाँउमा बिक्री गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्