Logo

सरकारले जनताको आशालाई निराशामा बदल्यो : त्रिपाठी



कात्तिक ३०, काठमाण्डौ । हृदयष त्रिपाठीले देश सामान्य स्थितीमा अगाडि बढिरहेको तर्क गरेका छन् ।

संघीयता कार्यान्वयनका चरणमा प्रदेश सरकारलाई चाहिने कानुनहरु नबनेकाले सरकार त्यसैमा सक्रिय रहेको हुन सक्ने भन्दै त्रिपाठीेले अरु उल्लेखनीय काम नदेखिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बससमा ऋषि धमलासँग कुरा गर्दै त्रिपाठीले सरकारले उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए ।

सरकार र नेताहरुको प्रवृत्ति पुरानै निरन्तरता भएकाले काम हुन नसकेको तर्क गरे । सरकार अलमलमै गुज्रिएको भन्दै त्रिपाठीले बहुमत सरकारबाट जनताले गरेको आशा निराशामा बदलिएको बताए ।

देशमा भ्रष्टाचार र कमिसनखोर मौलाएकोमा त्रिपाठीले चिन्ता व्यक्त गरेका छन् । कर्मचारीतन्त्रमा पनि राजनीतिक मौलाएकोले जनताको काममा कसैको पनि चासो नभएको त्रिपाठीको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्