Logo

ओलीको विषयमा पाण्डे र लेखकबीच आरोप–प्रत्यारोप



मंसिर ३, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता सोमप्रसाद पाण्डेले केपी ओली नेतृत्वको सरकार असफल भएको टिप्पणी गर्नुको तुक नभएको जिकिर गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै पाण्डेले प्रधानमन्त्री ओलीको बचाउन गर्दै विरोध गर्न अवाश्यक नरहेको बताएका हुन् । “ओली सफल प्रधानमन्त्री हुन् । विरोधका लागि विरोध नगरौँ ।” पाण्डेले भने ।

पाण्डेले ओली प्रधानमन्त्री भएपछि ९ महिनाको अवधिमा भ्रष्टाचार अन्त्यको अभियान सफल रुपमा अगाडि बढिरहेको दावी गरे । त्यसैगरी सुशासनको क्षेत्रमा पनि सरकारले उल्लेखनीय काम गरेको उनले बताए ।

सोही कार्यक्रममा रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले भने सरकार असफल भएको आरोप लगाए । लेखकले सरकारमाथि असफलताको आरोप लगाए पनि जमेर विरोध नगरेको देखियो ।

तर उनले भ्रष्टाचार, विकास, सुशासन, शान्ति सुरक्षा र संघीयता कार्यान्वयनमा भने सरकार असफल भएको दलिन प्रस्तुत गरे ।



प्रतिक्रिया दिनुहोस्