Logo

अन्तराष्ट्रिय समितिको कठघरामा मन्त्री रवीन्द्र अधिकारी, पत्ता लाग्ला त घोटाला ?



काठमाण्डौ । निकै विवादमा रहेको वाइडबडी विमान खरिद प्रकरणबारे सरकारले संसदीय समितिलाई जवाफ दिने भएको छ । प्रतिनिधीसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित गराइएका मन्त्री रवीन्द्र अधिकारीले २४ घण्टाभित्र विमान खरिदका कागजात समितिलाई बुझाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले वाइडबडी विमान खरिदका कागजात २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने भएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधीसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले बिमान खरिदका बिषयमा चर्को आलोचना गरेपछि संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले २४ घण्टाभित्र बिमान खरिदका सम्पूर्ण कागजात समितिमा पेश गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।

त्यस्तै बैठकमा संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले नेपालमा भित्राईएको वाईडबडि बिमान भाडामा नभई निगमको आफ्नो स्वामित्वको रहेको स्पष्ट पारे ।

बैठकमा समितिका सदस्यहरु माधव कुमार नेपाल, भीम रावल र प्रकाशमान सिंहले विमान खरिदबारे अनियमिता भएको आरोप बारे स्पष्ट पार्न मन्त्री अधिकारीसँग माग गरेका थिए ।

बैठकमा केहि सांसदहरुले समिति अन्तर्गतको उपसमिति नै बनाएर विमान खरिदका बिषयमा विस्तृत अध्ययन गर्नुपर्ने सुझाव दिएका थिए । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने निगममाथि बारम्बार कमिशन खाएको आरोप लाग्ने गरेको भन्दै गुनासो गरे ।

निगमले गएको जेठ र असारमा दुईवटा वाइड बडी खरिद गरेको थियो । निगमले दुई थान वाइड बडी जहाज २२ अर्ब ६३ करोड रुपैयाँमा खरिद गरेको जनाएपछि बिमान खरिद नभई भाडामा ल्याईएको भन्दै निगमको आलोचना भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्