Logo

पार्टीभित्र गुटको अन्त्यका लागि देउवा र पौडेलले भूमिका खेल्नुपर्छ : खड्का



मंसिर ८, कञ्चनपुर । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले पार्टीभित्र एकतावद्ध हुनुको विकल्प नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खड्काले कांग्रेसका नेताहरु पार्टीको स्वार्थमा नलागि व्यक्तिगत स्वार्थमा लागेको आरोपसमेत लगाएका छन् ।

पदका लागि महत्वाकांक्षा राख्नु स्वभाविक भए पनि पार्टीको हितविपरितका गतिविधीले राम्रो नतिजा नआउने उनले बताए । पार्टीभित्रको गुटको अन्त्य हुनुपर्ने भन्दै यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले भूमिका खेल्नुपर्ने बताए ।

वरिष्ठ नेता भएको हिसाबले रामचन्द्र पौडेलले पनि गुटको अन्त्यका लागि पहल गर्नुपर्ने उनले बताए ।

“देउवा र पौडेलले नैतिक जिम्मेवारी सम्झेर अगाडि बढ्नुपर्छ । गुटगत राजनीतिको अन्त्य गर्नुपर्छ ।” खड्काले भने । पार्टीको जनाधार अहिले पनि फराकिलो नै रहेको खड्काले बताए ।

सरकारका काम कारबाही पनि आलोचित हुँदै गएको भन्दै खड्को जिम्मेवारीपूर्वक काम गर्न सुझाब दिए । वाइडवडी विमान खरिदलगायतका विषयमा भ्रष्टाचारको चर्चा भइरहेको भन्दै यस्ता विषयमा सरकारले तत्काल छानवीन गर्नुपर्ने खड्काको भनाई छ ।

देश लथालिङ्गतिर गइरहेको भन्दै खड्काले चिन्ता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्