काठमाडौं, १० मंसिर । जापानको क्योटोमा मुख्यालय रहेको होरिबा लिमिटेड जापानले नेपालमा पनि आफ्नो सञ्जाल जोडेको छ । टोकियोको प्रसिद्ध स्टक एक्सचेन्ज रहेको होरिबाको विश्वभरि नै आफ्नो सञ्जाल छ ।
सन् १९५३ मा स्थापित् यस होरिबाले आफ्नो स्थापनाको ६५ वर्ष पुगेको अवसरमा काठमाडौंको होटल ¥याडिसनमा एक कार्यक्रमको आयोजना गरेर आफ्नो विजनेश नेपालमा पनि लन्च भएको घोषणा गरेको हो । योसँगै नेपाल र नेपाली ग्राहकहरुसँगपनि यो जोडिएको कम्पनीको दाबी छ ।
होरिबाको व्यापार, व्यवसाय अहिले विश्भरि नै द्रुत गतिमा फैलिएको कम्पनीले जनाएको छ । अहिलेपनि यो कम्पनीसँग ७ हजार कर्मचारीहरु कार्यरत छन् ।
होरिबा अहिले भारतमा पनि प्रभावकारी रुपमा अघि बढिरहेको छ । सन् २००६ मा छुट्टै कानुनी रुपमा भारतमा दर्ता भएको होरिबा ईण्डिया प्रा.ली.ले अहिले विभिन्न अटोमेटिभ टेष्ट प्रणाली, प्रोसेस एण्ड ईन्भाईरोमेन्ट, मेडिकल, सेमिकण्डक्टर र वैज्ञानिकजस्ता ५ वटा छुट्टाछुट्टै व्यापार व्यवसायलाई अघि बढाएको छ । भारतमा यसको दिल्ली, पुने, बैंग्लोर, चेन्नई, कोचि, मुम्वई र हरिद्धार गरि विभिन्न ७ ठाउँमा क्षेत्रिय कार्यालय रहेका छन् ।
होरिबा मेडिकल सेग्मेन्टका प्रमुख डा. पि.के. सोजुले दिएको जानकारी अनुसार होरिबा ईण्डियाको व्यापार आक्रामक रुपमा वृद्धि भैरहेको छ । उनका अनुसार वृद्धिद्धर प्रति वर्ष १५ प्रतिशतभन्दा पनि बढि छ । भारतमा पनि पाँच सय कर्मचारीहरु कार्यरत रहेको उनले जनाए ।
होरिबा ईण्डियाका प्रेसिडेन्ट डा. राजिव गौतमको लक्ष्य यसको अहिलेको विद्यमान ३५०० भारुको रेभिन्युलाई बढाएर आगामी सन् २०२० सम्म ६ हजार मिलियन भारु पुर्याउने रहेको छ ।
होरिबाले नेपालमा पनि उद्यमको रुपमा प्रवेश गरेको छ । नेपालका लागि होरिबा मेडिकलको आधिकारिक विक्रेता शिसस मेडिटेक प्रा.ली. हो भने अटोमोटिभ टेष्ट प्रणालीअन्तर्गत हेलिक्स ईन्टरप्राईजेज रहेको छ ।
यसका साथै, होरिबाले भविष्यमा नेपाली बजारमा प्रोसेस एण्ड ईनभाईरोमेन्ट ईक्युपमेन्ट्स, साईन्टिफिक ईन्स्टुमेन्ट्स एण्ड सेमिकण्डक्टर्सको सेवा दिने छ ।