Logo

लैंगिक हिंसाविरुद्ध अभियान एकातिर, बलात्कार र हिंसा यसरी झांगिदैछ



मंसिर १०, काठमाण्डौ । नेपालमा महिला हिंसा र यस्ता प्रकृतिका घटना बढिरहेका छन् । अन्तराष्ट्रिय रुपमा नै महिला हिंसाविरुद्धका विभिन्न अभियान भइरहेका छन् । नेपालमा पनि त्यस्ता अभियान हुने गरेको छ । तर त्यस्ता अभियानको प्रभावकारिता भने देखिएको छैन ।

महिला हिंसा विरुद्धको सोह्रदिने अन्तर्राष्ट्रिय अभियान आजदेखि सुरु गरिएको छ । यो अभियान त एउटा उदाहरण मात्रै हो । यस्ता अभियान धेरै भइसके । तर नेपालमा महिला हिंसा र बलात्कारका घटनामा कमि आउन सकेको छैन । नेपालमा परापूर्व कालदेखि नै महिला हिंसाको अवस्था अत्यन्तै नाजुक रहेको छ, जसले सिंगो समाजलाई नै कुरूप बनाइरहेको छ  ।

अधिकांश महिलाहरु आफ्नै परिवारदेखि राज्यसम्मको हिंसाको चपेटामा परेका छन् । आज पनि हाम्रो समाजमा महिलाले बलात्कार, बेचबिखन, यौन शोषण, कुटपिट, हत्या, दाइजो, यातनाजस्ता हिंसा खेपिरहनु परेका छन् । यस्तो गम्भीर विषयम सरकारको धारणा के छ त भनेर हामीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासँग सोधेका थियौँ ।

उनले पनि औपचारिक जवाफ दिनुबाहेक अरु केही भन्न सकिनन् । महिला हिंसा र अपराधका घटना रोक्नका लागि सरकारले योजना बनाउनुपर्ने मन्त्री थापाको तर्क छ ।

हरेक वर्ष राजधानी, जिल्ला सदरमुकाम लगायतका सहर–बजारमा महिला हिंसा विरुद्धका कार्यक्रम आयोजना गरिन्छ  । तर यसको सही प्रभावकारी र रोकथाम भने कहीकतै बाट हुन सकेको छैन । मन्त्री थापाले महिला हिंसा मात्रै होइन, सबैखाले अपराधमा संलग्नलाई कारबाही गरिरहेको दावी गरिन् ।

तर उनको दावीलाई जनताले भने पत्याउन सकेका छैनन् । पछिल्लो समय त महिला हिंसा र बलात्कारका घटना रोक्न नसकेकै कारण सरकार असफल भइसकेको आरोप लागेको छ । तर मन्त्री भने यो स्विकार गर्न तयार छैनन् ।

महिला हिंसा न्युनीकरणको लागी सरकार लागी परे पनी कुनै पर्वितन आएको छैन । महिला हिंसा विरुद्ध कति वर्ष अभियान चलाउने ? नतिजा कहिलेसम्म पर्खने ? यसले सिंगो राष्ट्रलाई नै पछाडि धकेलिरहेको छ । अब महिला हिंसालाई राज्यले सानोतिनो अपराध मानेर वेवास्ता गर्ने होइन की गम्भीर अपराधको रूपमा स्वीकार गरेर कडा कदम चाल्नु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्