Logo

विश्व हिन्दुर महासंघले गरायो सरकारको ध्यानाकार्षण



काठमाडौं, १२ मंसिर । विश्व हिन्दु महासंघले युनिभर्सल पिस फेडरेसन (युपिएफ) ले आयोजना गरेको सम्मेलनमा सरकार प्रत्यक्ष सहयोगी रहेको प्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

महासंघले राजधानीमा बुधबार पत्रकार सम्मेलन गरेर धर्मान्तरण गर्न लागि परेको संस्थाको कार्यक्रममा सरकार सहयोगी रहेको भन्दै विरोध जनाएको हो ।

शुक्रबारबाट राजधानीमा शुरु हुने चार दिने एसिया प्यासिफिक समिटको सह-आयोजबाट हटेको भनेर सरकारले जनताको आँखामा छारो हाल्ने काम मात्रै गरेको महासंघको धारणा छ ।

महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ,‘नेपाल सरकार सहआयोजक हटेको भनेतापनि प्रधानमन्त्री लगायतका विभिन्न मन्त्रीहरूको संलग्नता र पूर्व निर्धारित कार्यक्रमहरू यथावत रहकाले सहआयोजकको भूमिकामा रहेको स्पष्ट छ।’

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्