Logo

कांग्रेस बैठक आज पनि जारी, विधान संशोधनमा देउवा र पौडेलले अडान छोडेनन्



मंसिर १४, काठमाडौँ । संघीय संरचनाअनुसार प्रस्तावित पार्टीको विधान मस्यौदामाथि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा छलफल सुरु भएको छ । बिहीबारको बैठकमा संस्थापनइतरपक्षीय ५ सदस्यले मात्रै सुझाव राखेका थिए ।

उनीहरुले नयाँ प्रावधानमध्ये अधिकांश कार्यान्वयन गर्न कठिनाइ हुने भएकाले सच्याउनुपर्ने माग गरे। क्रियाशील सदस्यता हटाउन नहुने, केन्द्रीय कार्यसमितिको आकार बढाई पदाधिकारीको संख्या पनि बढाउनुपर्ने, सबै पदाधिकारीको निर्वाचन हुनुपर्ने, सभापतिलाई दस प्रतिशतभन्दा बढी सदस्य मनोनयनको अधिकार राख्न नहुने सुझाब दिए ।

बैठकको पहिलो दिन नेताहरू रामशरण महत, महेश आचार्य, दिलेन्द्र बडु, नवीन्द्रराज जोशी र प्रदीप पौडेलले धारणा राखेका थिए ।

कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीमा पदाधिकारी संख्या बढाउन माग गरेका थिए ।

३८ बुँदे घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न राष्ट्रिय भेलाले पार्टीका तल्ला तहलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिएको थियो ।

विधानमा प्रस्तावित संक्रमणकालीन व्यवस्थाको प्रावधानप्रति संस्थापनइतर पक्षीय नेताहरूले आपत्ति जनाएका छन् ।

विधान संशोधनपूर्व कायम पार्टीका सबै कार्यसमिति अन्तरिम व्यवस्था नभएसम्म कायम रहनेउल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्