Logo

भीम रावलले प्रधानमन्त्री ओलीको राजिनामा माँगे (भिडियोसहित)



काठमाडौं, १७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अब विलम्ब नगरी राजिनामा दिनुपर्ने माग गरेका छन् ।

आइतबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका हुन् । हालै काठमाडौंमा सम्पन्न भएको एशिया प्यासिफिक समिट–२०१८ मा सरकारले स्पोन्सर गरेर गलत काम गरेको पनि आपत्ति जनाए । यो सम्मेलन गर्न खर्च भएको पैसाको छानबिन हुनुपर्नेपनि रावलको माग छ ।

यो समिट काठमाडौंमा सम्पन्न भएर विश्वसामू मुलुकको छबि उँचो भएको भनेर प्रधानमन्त्री ओलीले भन्नुभएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा रावलले भने,‘प्रधानमन्त्रीले के बोल्नुभयो ? कसरी बोल्नुभयो ? मलाई थाहा छैन् । म त्यो समिटमा गएको भए पो थाहा पाउनु ? मलाई बेलुका आमन्त्रण गरिएको भनेर सूचना पाएको थिएँ । मलाई जुन प्रकारको तरिका भयो, यसमा मेरो आपत्ति भयो । मेरो अन्तस्करणले मलाई त्यो समिटमा नजा भन्यो ।’

उनले उक्त संस्थाको नेपालमा खोलिएको शाखाको बारेमा समेत छानबिन हुनुपर्ने माग गरेका छन् । उनले भने,नेपालमा खोलिएको शाखाको बारेमा अध्ययन हुनुपर्छ । यसले कहाँ कहाँ के के गरेको छ ? सरकारले छानबिन गरोस् । मेरो त्यो माग छ ।’

तर, देशको प्रधानमन्त्रीले नै शाखाका प्रमुख एवम् पूर्वमन्त्री एकनाथ ढकाललाई धाप मार्नुभएको छ नि ? अनि कसले कारबाही र छानबिन गर्छ त भनेर सोधिएको अर्को प्रश्नमा उनले भने,‘ऋषिजी, म तपाईलाई एउटा कुरा भनौं, ईतिहाँसमा यस्तो पनि हुन्छ, यदि आज त्यो कुराको खोजी भएन भने त्यसको बारेमा कुनै दिनपनि हुनसक्छ ।’

 



प्रतिक्रिया दिनुहोस्