मंसिर २०, काठमाण्डौ । नेपाल आइडलमा पाँच जना प्रतिस्पर्धी बाँकी छन् ।
पाँचै जनाले विहिबार गित गाउँदाको क्षण अविष्मरणीय बन्यो । विशेष गरी भर्सलटायर सिङ्गर भनेर चिनिएका विक्रम बरालको प्रस्तुति विशेष रह्यो ।
बरालले गित गाएर मात्रै आजको नेपाल आइडल विशेष रहेन । उनको गायकीलाई तीन जना जज र एक जना अतिथी गायकले खुलेर प्रशंसा गरे । अतिथीको रुपमा संगितकार अर्जुन पोखरलेल उपस्थित थिए ।
बराललाई चार जनाले झण्डै १५ मिनेत प्रशंसा गरेको देखाइएको थियो । अनौठो त के रह्यो भने बराललाई जज न्यू बज्राचार्यले एक मुठा पराल उपहार दिए ।
बज्राचार्यले विक्रमसँगै अर्का जज कालिप्रसाद बास्कोटा, अमित बराल र एक गितारिष्टलाई एकसाथ स्टेजमा बोलाएर संयुक्त रुपमा एक मुठा पराल उपहार दिएका हुन् ।
चारै जनाको कपालमा खैरो रंग मिसाइएकाले बज्राचार्यले संकेतस्वरुप पराल उपहार दिएका हुन् । जसलाई एकछिनको रमाइलोको रुपा लिइएको थियो ।
आजको एपिसोडमा सुमित पाठकको आमा बोलको गितको प्रस्तुतिले सबैलाई रुवाएको थियो । गित गाइसकेपछि पाठकले आफ्नी आमा उपचारका क्रममा निधन भएको जानकारी गराएपछि कसैको आँखा पनि ओभानो रहन सकेन । पाठकले सबैलाई आमाको माया गर्न आग्रह पनि गरे ।
आजको अपिसोडमा अघिल्लोपटक बाहिरिएका पवन गिरी पनि उपस्थित थिए । उनलाई अष्ट्रेलियाबाट प्रशंसकले रकम र अमेरिकाबाट मायाको चिनोसहित गित रेकर्ड गर्ने प्रतिवद्धता व्यक्त गरेको सुनाइएको थियो ।
आइडलमा विक्रम, अमित, सुमितका साथमा अस्मिता अधिकारी र रवी ओड टप फाइभमा छन् ।
आजको प्रस्तुतिका आधारमा भोली एक जना प्रतिस्पर्धाबाट बाहिरिनेछन् ।