मंसिर २३, काठमाण्डौ । भर्खरै मात्र स्पेनमा सर्टअफ द एयरका लागि जूरी स्पेशल मेंशन अवार्ड र सुपर डिस्ट्रीब्युशन अवार्ड जितेको चलचित्र “माँ“ लाई सोही प्रोमोफेस्ट कम्पनीले अडियन्स च्वाईज अवार्डका लागि छनौट गरेको छ ।
उक्त वार्डका लागि यही अक्टुबरमा २२ देखि जनवरी १ सम्म अनलाइन भोटिङमा राखेको छ ।
प्रोमो फेस्टले हरेक वर्ष उत्कृष्ट चलचित्रलाई अडियन्स रेस्पोंसका लागि अनलाईन स्क्रिनिग गर्छ र अडियन्स मापÞर्mत राम्रो रेस्पोंस आएका चलचित्रलाई प्रचारप्रसार तथा बिस्वभरका फिल्म फेस्टिभलमा बितरण गर्दछ । भोटिंगको लागी संसारभरका उत्कृष्ट ५० फिल्म स्क्रिंगमा राखिएको छ ्र यो समाचार तयार पार्दा सम्म नेपालको “मा” चलचित्र ४८ फिल्मलाई पछि मार्दै दोस्रो नंबरमा छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
परिच्छेद सेन द्वारा लेखन, निर्देशनमा तयार भएको चलचित्र “माँ” गएको नोबेम्बर चारमा अमेरिकाको क्रशओभर फिल्म फेस्टीभलमा उत्कृष्ट निर्देशक, उत्कृष्ट फिमेल आर्टिस्ट,उत्कृष्ट निर्माता, उत्कृष्ट ओर्जिनल म्यूजिक अवार्ड जितीसकेको छ भने उत्कृष्ट छ्यांकनमा पनी नोमीनेशनमा परी सकेको छ ्र हाल यो चलचित्र फिलिपिन्स, केन्या र इण्डिया लगाएत बिभिन्न देशका फिल्म फेस्टिभलमा प्रदर्शन भईरहेको छ ।
कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति रहेको चलचित्रलाई ईन्फ्युज पिक्चर र नितजी इंटरटेनमेन्टले निर्माण गरेका हुन् । चलचित्रमा गोरखा लाप्रक निबासी आस्पानी गुरुंग,राज गुरुंग, जेशन गुरुंग लगाएत सम्पूर्ण लाप्राकी बासिले अभिनय गरेका छन् । चलचित्रलाई सुबिग्य सुन्दर श्रेष्ठले सम्पादन तथा तेंजिन पाल्देनले छायांकन गरेका हुन् । प्रकाश पूरी, बसंती देवी श्रेष्ठ चलचित्रका निर्माता हुन् ।
भोटिंगको लागी पूरा चलचित्र हेरेर जती सक्दो सियर गर्नु पर्ने छ ।
चलचित्र हेर्न र भोट गर्न यो लिन्क ओपन गर्नुहोस् ।