जनकपुर, २६ मंसिर । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारत दुई देशको विकासका लागि कृषि, सांस्कृतिक पर्यटन, सिस्टर सिटीको आवधारणा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
मुख्यमन्त्री योगीले भौतिक विकासले मात्र खुसियाली मिल्ने उनले बताएका हुन् । उनले भने,‘नेपाल र भारत मिलेर नेपालको भौतिक विकासमा एक मत रहेको छ, नेपालसँग जोडिने सबै मार्ग निर्माणका लागि भारतले प्रयास गरेको छ ।’
सिताराम विवाह पञ्चमी महोत्सव मूल समारोह समिति जानकी मन्दिरले रंगभूमि मैदान बाह्र विगाहामा आयोजना गरेको रामजानकी विवाह महोत्सवलाई नेपाली भाषामा सम्बोधन गर्दै योगीले भारतीय प्रधानमन्त्री मोदीको शुभकामना बोकेर आउँनपाउँदा खुसी भएको बताए।
जनकपुर र अयोध्याको दूरी घटाउन भारत सरकारले चार लेनको रामजानकी मार्ग निर्माण काम अगाडि बढाएको उनले जानकारी दिए। जनकपुर र आयोध्याको पौराणिक सम्बन्ध रहेको बताउँदै योगीले भने,’ जानकी बिना रामको शक्ति सम्भव थिएन, आँधि शक्ति त सीता थिइन्। ’