Logo

प्रचण्डले स्विकारे : जति परिवर्तनको प्रभाव देखिनुपर्ने थियो त्यो अझै हुन सकेन



काठमाडौं, १ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिका पक्षधर कम्युनिष्टहरुमा जति परिवर्तनको प्रभाव देखिनुपर्ने थियो त्यो अझै हुन नसकेको बताए ।

तत्कालीन नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन र तत्कालीन नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठनको एकता घोषणा कार्यक्रममा अध्यक्ष दाहालले राष्ट्रको समृद्धिका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच तालमेल हुनुपर्नेमा जोड दिए ।

प्रगतिशील पेशागत कानुन व्यवसायी संगठन र गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठनको एकीकरणपछि नेपाल कानुन व्यवसायी संगठन नामाकरण गरिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्