काठमाडौं ४ पुस । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको मंगलबार बिहान ९३ वर्षको उमेरमा निधन भएको छ। गिरी पञ्चायती व्यवस्थाका ‘सूत्रधार’ मात्र होइन, ‘आमा’ का रूपमै परिचित थिए। उनको अज पशुपति आर्यघाटमा दाह सस्कार गरिदैछ । तर परिवारले पूर्व प्रधानमन्त्रीलाई दिने सरकारी सलामी अस्वीकार गरेको छ ।
भारतमा चिकित्सा अध्ययनपछि कांग्रेस राजनीतिमा होमिएका उनी सहयात्रीलाई जेल र प्रवास पठाउँदै कालान्तरमा पञ्चायतकै हर्ताकर्ता बन्न पुगे। डा. गिरीले राजात्रय महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रसँग निकट रहेर राजनीति गरे। उनलाई २०१७ पछि नेपालको राजनीतिमा दरबार पक्षधर रणनीतिकार भनिन्छ। ०६१ सालमा राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए डा तुलसी गिरी । ०३७ सालपछि नेपाली राजनितीमा विभिन्न उतार चढाब आए पनि गिरी चर्चामा थिएनन् ।
राजा विरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गरेपछि असहमति जनाउदै श्रीलंका लागेका थिए गिरी । उनीसंग संगत गर्नेहरुले ‘कडा राजावादी’ का रुपमा ब्याख्या गर्थे । ३० वर्षे पञ्चायती शासनको सुत्राधार गिरी नै हो भन्ने धेरै थिए ।
जब राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिँदै उपाध्यक्ष बनाए । कतिपय राजावादीहरुले आशावादी हुँदै भने पनि ‘अर्को तीस वर्ष खाए गिरीले ।’ दलका नेताहरुप्रति जनमानसमा देखिएको वितृष्णाले पनि गिरीको शासन शैलिप्रति आश गर्नेहरुलाई बल मिलेको थियो । तर, गिरीको सुझाब र राजा ज्ञानेन्द्रको शैलि २१ औ शताब्दीको जनमानसले स्वीकार्न सकेन ।
को हुन् गिरी ?
सिरहाको खान्दानी परिवारमा जन्मेका गिरी सबै भन्दा कम उमेरमा प्रधानमन्त्री हुने ब्यक्तिका रुपमा चिनिन्छन् । २०१७ सालमा तत्कालिन राजा महेन्द्रले निर्वाचित सरकार अपदस्त गरेपछि बिपी कोईरालालाई हटाएर गिरीलाई प्रधानमन्त्री बनाएका थिए । जतिबेला ३४ वर्षका थिए । त्यसको चार वर्षपछि २०२१ सालमा गिरी दोस्रो पटक प्रधानमन्त्री भए ।