Logo

नेकपामा झलनाथ आक्रामक, ओली–प्रचण्डविरुद्ध यसरी खनिए



काठमाडौं, ८ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा बरिष्ठ नेता झलनाथ खनाल आक्रामक रुपमा प्रस्तुत भएका छन् । जारी स्थायी समिति बैठकमा खनालले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त प्रतिवेदनमाथि आफ्नो धारणा राख्दै आलोचना गरेका छन् ।

अध्यक्षद्धयले पार्टीभित्र छलफल नै नगरी एकलौटी ढंगले पार्टी सञ्चालन गरेको खनालको गम्भिर आरोप छ । उनले अध्यक्षद्धयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनपनि अपुरो रहेको आरोप लगाएका छन् । यतिसम्म की खनालले नेता वामदेव गौतमले अघि सारेको प्रतिवेदनलाई समावेश गर्न पनि माग गरेको एक नेताले जानकारी दिए ।

नेता खनालले पार्टी एकताको लामो समय वितिसक्दा पनि पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशित नभएको भन्दै अध्यक्षद्धयलाई प्रश्न गरेका छन् ।

जारी बैठकमा सबै सदस्यहरुले आ–आफ्नो धारणा राखिसकेका छन् । अब अध्यक्षद्धयले जवाफ दिने कार्यक्रम छ । त्यसको लागि ओली र प्रचण्ड यतिवेला आन्तरिक गृहकार्यमा जुटेका छन् । उनीहरुले लिखित जवाफ नै तयार पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्