काठमाडौं, ११ पुस। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । धेरै विवाद आएको भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटको निर्देशनपछि झाले राजीनामा दिएका हुन् ।
अध्यक्ष झाले आजै अपरान्ह रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा राजिनामा दिने बताएका थिए । उनले सत्तारुढ नेकपाका नेताहरुविरुद्ध मानहानी मुद्दा हाल्ने पनि चेतावनी दिएका छन् ।
नेकपा स्थायी कमिटी बैठकमा समेत झाको नियुक्तिलाई लिएर सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । झाले आफू प्रतिस्पर्धाबाटै दूरसञ्चार प्राधिकरणको नेतृत्वमा आएको तथा इमान्दार, कर्तव्यनिष्ट कर्मचारी भएको भएको दाबी गरेका थिए ।