Logo

‘पिक एण्ड ड्रप’ नीति अलोकप्रिय, यात्रुहरु आक्रोशित



काठमाडौं, ११ पुस । काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीको रत्नपार्क क्षेत्रमा सवारी साधनमा ‘पिक एण्ड ड्रप’ को नीति अलोकप्रिय साबित भएको छ ।

यो नीति लागु भएपछि यात्रुहरुले दुःख पाएको भन्दै बुधबार बिहान भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गरेका छन् । यात्रुहरु आक्रोशित बन्दै मंगलबार पनि विरोधमा उत्रिएका थिए ।

यात्रुहरु विरोधमा उत्रिएलगत्तै प्रहरीले लाठिचार्ज गरी भीडलाई नियन्त्रणमा लिएको छ । ट्राफिक महाशाखाले जाम हटाउने नाममा प्रहरीले दुःख दिने काम गरेको भन्दै सडक छेक्दै प्रदर्शनमा उत्रिएका थिए ।

यात्रुहरु विरोध प्रदर्शनमा उत्रिएलगत्तै सो क्षेत्रको सवारी आवागमन अस्तव्यस्त भएको थियो । प्रहरीको हस्तक्षेपपछि अहिले स्थिति सामान्य भएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे 

 



प्रतिक्रिया दिनुहोस्