Logo

स्थायी समिति बैठकको ईफेक्ट : प्रचण्डलाई किन फकाउँदैछन् ओली ?



काठमाडौं, १४ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले तीन घण्टा लामो जवाफ दिएका थिए । उनले पूर्व एमालेहरुमाथि भावनात्मक रुपमा प्रवेश गरेको टिप्पणीहरु पनि आईरहेका छन् । तर, अर्का अध्यक्ष ओली भने प्रचण्डलाई फकाउने तहमा पुगेका छन् । प्रचण्डलाई फकाउन ओलीलाई त्यस्तो के बाध्यता परेको होला ? यो भने बुझ्न कठिन छ ।

सरकारले सोचेअनुसार काम गर्न नसकेको प्रचण्डको गुनासो छ । तर, उनले बाहिर सरकारबारे आलोचना गर्न सकेका छैनन् । ओलीसँगको एक्ला–एक्लै भेटवार्तामा भने प्रचण्डले सरकारको कार्यशैलीबारे खुलेरै आलोचना गरेका छन् । उनले आलोचनामात्रै होईन, सरकारको काम गराई चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टीसमेत पोखेका छन् ।

प्रचण्डको मनोभावना बुझेका ओलीले अहिलेसम्म उनको काम पनि केही गरिदिएका छैनन् । प्रचण्डलाई नचिढ्याउने तर उनको प्रभाव पार्टीभित्रपनि पर्न नदिनेगरि ओलीले आफ्नो कदम चालेका छन् ।

पार्टीभित्र ओली आफ्नो गुट शक्तिशाली कसरी बनाउन सकिन्छ भन्ने आन्तरिक रणनीतिमा छन् । आगामी एकता महाधिवेशनलाई लक्षित गर्दै ओलीले आफ्नो गुटलाई शक्तिशाली बनाएका छन् । उनी आँफै अध्यक्षमा उठ्ने तयारीमा छन् ।



प्रतिक्रिया दिनुहोस्