Logo

सिंहदरबार कब्जा गर्ने अध्यक्ष खड्काको चेतावनी



काठमाडौं, २७ पुस । शाही युवा शक्ति नेपालका अध्यक्ष पुशपति खड्काले सिंहदरबार कब्जा गर्नपनि पछि नपर्ने चेतावनी दिएका छन्

उनले राष्ट्र निर्माता पृथ्वी नारायण शाहले एकीकरण गरेको नेपाल र त्यसको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कब्जा गर्न पछि नपर्ने चेतावनी दिएका थिए । खड्काले कम्युनिष्ट सरकारले गणतन्त्रको नाममा धर्म र सँस्कृतिको व्यापार गरेको र भ्रष्टाचारीलाई संरक्षण गरेको पनि आरोप लगाएका थिए ।

पृथ्वी जयन्तीको अवसरमा शाही युवा शक्ति नेपालले र्याली सहितको सभा गरको छ । गोंगबुबाट सुरु भएको र्याली पृथ्वी नारायण शाहको शालिक रहेका सिंहदरबारको पश्चिम ढोकामा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले “राजा आउ देश बचाउ” र “हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ” भन्दै नाराबजी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्