Logo

सचिवलाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरे



जनकपुर, २९ पुस । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले सचिवलाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका छन् ।

आइतबार उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् ।

संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्