Logo

भिभान्ता काठमाण्डौ होटलको औपचारिक सुरुवात



माघ ३, ललितपुर । चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापना भएको ‘भिभान्ता काठमाडौं’ होटल माघ ३ गतेदेखि औपचारिक रूपमा संचालनमा आएको छ । नेपालको हस्पिटालिटी क्षेत्रमा यो अर्को महत्वपूर्ण कोशेढुंगा भएको कम्पनीले जवनाएको छ ।

दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटेल्स कम्पनी लिमिटेड (आईएचसीएल’ले ‘भिभान्ता काठमाडौं’को व्यवस्थापन सम्हालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिद्वारा सञ्चालित आकर्षक रिसोर्ट ‘मेघौली सेराई’पछि आईएचसीएलले व्यवस्थापन गर्ने ‘भिभान्ता काठमाडौं’ दोस्रो परियोजना हो । ‘मेघौली सेलाई’लाई ‘एलअफिसियल’ म्यागेजिनले संसारका सुन्दर होटलररेस्टुराँको सूचीमा राखेको छ ।

सुन्दर सजावट, आकर्षक कलाकृतिले भरिपूर्ण ‘भिभान्ता काठमाडौं’मा ११० वटा रहर लाग्दा कोठा छन् । छोटो र लामो बसाइका लागि यो होटेल उत्कृष्ट रोजाइ बन्नेछ । विशेषगरी एसियाली स्वादमा रमाउनेका लागि ‘अकारी’जस्तो विख्यात विकल्प पनि उपलब्ध छ । रुफटप बारसँगै ‘कोको’को ‘बिस्त्रो स्टाइल’ र ‘मिन्ट’को स्थानीय नेवारी स्वाद पनि भिभान्तामा पाइनेछ ।

‘भिभान्ता काठमाडौं’ले व्यायामशाला, स्विमिङपुल र स्पाको सुविधा पनि उपलब्ध गराउनेछ, जसले यो क्षेत्रका मौलिक सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई जीवन्त राख्नेछन् । आतिथ्यताका हरेक विश्वस्तरीय मानकमा ‘भिभान्ता काठमाडौं’ले आफूलाई अब्बल सावित गर्नेछ ।

आईएचसीएल र यसका ब्रान्डरएकाइहरू मौलिक भारतीय आतिथ्यता र विश्वस्तरीय सेवाको सम्मिश्रणमार्फत व्यावसायिक उडानमा लामो समयदेखि पखेटा फिँजाइरहेका छन् । संस्थापक जमसेतजी टाटाको बृहत् योजना बमोजिम टाटा ग्रुपले तत्कालीन बम्बईमा सन् १९०३ मा पहिलो होटल ‘ताज महल प्यालेस’ खोलेको थियो । कम्पनीले अहिले चार महादेशका ११ देशमा अवस्थित ७२ ठाउँमा १४५ वटा होटल सञ्चालन गरिरहेको छ ।

रविभक्त श्रेष्ठले नेतृत्व गरिरहेको एनई ग्रुप ‘भिभान्ता काठमाडौं’को एक प्रमुख प्रवर्तक हो । यो कम्पनीले हस्पिटालिटी, रियलइस्टेट, वित्तीय, स्वास्थ्य, उपभोग्य सामग्री उत्पादन, प्राइभेट इक्विटीलगायत विविध क्षेत्रमा लगानी गरेको छ ।

सीजी हस्पिटालिटीले विश्वका ९ मुलुकमा ४ हजार २ सय कोठासहित ८५ वटा होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ । थप ३ मुलुकमा २ हजार १ सय कोठासहित ४० वटा होटल र रिसोर्ट सञ्चालन तयारीमा छन् ।



प्रतिक्रिया दिनुहोस्