काठमाडौँ,११ माघ । यसअघिको संसद बैठकमा प्रतिपक्षी दल र सत्तारुढ दलका सांसदबीच भिडन्त नै हुन खोजपछि आज बस्ने बैठकलाई सहज बनाउन सभामुखले पहल सुरु गरेका छन् ।
सभामुख कृष्णबहादुर महराले केहीबेरपछि बस्ने बैठकमा विवाद नहोस भनेर कांग्रेससँग छलफल गरेका हुन् । प्रतिनिधि सभा बैठक शान्तिपूर्ण रूपमा सञ्चालनका लागि सभामुख महारको पहलमा अहिले संसद भवन वानेश्वरमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपनेता विजय गच्छेदार, प्रमुख सचेतक बालकृष्ण खाँड, सत्ता पक्ष नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानूनमन्त्री भानुभक्त ढकाल र उपसभामुखबीच बैठक चलिरहेको छ ।बैठक दिउसो १ बजे बाट शुरुहुने जानकारी गराइएको छ ।