माघ १२, काठमाण्डौ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट बहुकतले पारित भयो । सत्तापक्षले बहुमतको आडमा विधेयक पारित गर्दै गर्दा प्रमुख प्रतिपक्षले नाराबाजी र रोष्ट्रम घेराउ गर्यो ।
संसदमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीचको दुरी बढेको छ । दुवै दल एकअर्कालाई आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
यही विषयमा ऋषि धमलाले नेकपाका प्रमुख सचेतक देव गुरुङ र कांग्रेसका सांसद मिन विश्वकर्मासँग कुराकानी गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा दुवै नेता आरोप प्रत्यारोपमा उत्रिएका छन् ।