Logo

‘अनशन तोडाउन सरकारले डा. केसीलाई विश्वासमा लिनुपर्छ’



काठमाडौं, १८ माघ ।  नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष प्रा. डा. ढुण्डीराज पौडेलले सरकारले डाक्टर केसीको जीवन रक्षाको लागि पहल गर्नुपर्ने सुझाव दिए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘डाक्टर केसीको अनशन तोडाउन सरकारले उहाँलाई विश्वासमा लिनुपर्छ । उहाँको जीवनरक्षा गर्नु हामी सबैको दायित्व हो ।’

सरकार र केसी पक्ष दुवै वार्ताको लागि उदार हुनुपर्ने उनको भनाई छ । उनले भने,‘अब पूर्वाग्रह, तुष, अहंकार र हठबाजी गर्नुहुँदैन् । दुवै पक्ष वार्ताको लागि लिवरल हुनुपर्छ । यतिबेला डा. केसीकै सत्याग्रहका कारण प्राप्त उपलब्धिको वकालतमा भन्दा सत्याग्रहीको ज्यान बचाउन सक्रिय हुनुपर्छ । ज्यान बचाउने उपाय खोज्नुपर्छ ।’

उनले डाक्टर केसीले उठाएका धेरै कुराहरु विद्येयकमा समावेश भएको पनि स्पष्ट पारे । उनले विगतमा आफूहरुले नै चिकित्सा विश्वविद्यालय चाहिन्छ भनेर आवाज उठाएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्