काठमाडौं २६ माघ । नेकपा कार्यदलले पार्टी एकता प्रस्ताव तयार पार्न थप सात दिन मागेको छ । कार्यदलले समयमा बुझाउन नसकेको भन्दै सचिवालय बैठकले मौजुदा अवस्थाकै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । कार्यदल नै भंग गर्ने उद्देश्यसहित सचिवालयले यस्तो निर्णय गरेको भन्दै सदस्यहरुले थप समय मागेका हुन् ।
कार्यदलले अहिलेसम्म विधानको विवादमात्र मिलाएको छ । विधानमा स्थायी कमिटी बैठक प्रत्येक दुई महिनामा गर्ने, राजधानीमा पनि एउटा छुट्टै प्रदेशस्तरीय कमिटी बनाउने सहमति जुटेको छ ।
यसबाहेक सबै विवाद ज्युँका त्युँ छन् । –कान्तिपुर दैनिकबाट