काठमाडौं, ३ फागुन । युरोपा लिग फुटबलमा इङ्लिस क्लब चेल्सी विजयी भएको छ । गएराति भएको नकआउट चरणको पहिलो लेगको खेलमा चेल्सीले स्विडेनको माल्मोलाई २–१ ले हरायो ।
चेल्सीका लागि ओलिभर जिरु र रोस बार्क्लेले एक–एक गोल गरे । गत आइतबार भएको प्रिमियर लिगको खेलमा म्यान्चेस्टर सिटीसँग ६–० ले हारेको चेल्सीलाई गएरातिको जितपछि केही राहत मिलेको छ ।
युरोपा लिग फुटबलकै अन्य खेलमा स्पेनको सेभियाले इटालीको लाजियोलाई १–० ले हराउँदा भ्यालेन्सियाले सेल्टिकमाथि २–० को तथा भियारियालले स्पोर्टिङमाथि १–० को जित निकाल्यो ।
यसैगरी ईटालीको नापोलीले स्विट्जरल्याण्डको एफ.सी. ज्यूरिचलाई ३–१ ले हराउँदा ईन्टर मिलानले अस्ट्रियाको र्यापिड वेईनलाई १–० ले पराजित गर्यो ।
एजेन्सीको सहयोगमा